
काठमाडौं— कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य यु आन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
रक्षा मन्त्रालय, सिंहदरबारमा आइतबार भएको भेटवार्तामा कावा प्रधानमन्त्री खड्काले केही समयअगाडि मात्र जिम्मेवारी पदभार सम्हालेकोमा उनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा कावा प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवम् घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरे ।
सो अवसरमा पोलिटब्यूरो सदस्य आनले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका महामहिम राष्ट्रपति सि चिनफिङको भ्रमणका अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताएका थिए ।