News Griha :: न्यूजगृह
अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना 

अछाम— अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना भएको छ । आइतबार पन्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार उक्त दुर्घटनामा ३४ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको छ । दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका बृख विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तोलीबाट मलामी बोकेर कर्णाली नदीको बेलखेत जाँदै गरेको ट्र्याक्टर कालीकास्थानमा दुर्घटना भएको हो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २१:०४
Weather Update