News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल र नेपाल आएका चिनियाँ शीर्ष नेताबीच भर्चुअल कुराकानी 

काठमाडौं— इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता यु आन जियाजुनबीच भर्चुअल संवाद भएको छ ।

आइतबार नै नेपाल आएका नेता जियाजुनलाई संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणका लागि धन्यवाद ज्ञापन गर्दै स्वागत गरेको उनको उनको सचिवालयले जनाएको छ ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका यु आन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको छ ।,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १९:०२
Weather Update