News Griha :: न्यूजगृह
चिनियाँ नेताले भेटे राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य यु आन च्या च्युनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

तीन दिने नेपाल भ्रमणमा आएका आनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।  

भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा.सुरेश चालिसे जानकारी दिए ।

भेटवार्तामा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको भन्दै यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपालका लागि चिनीयाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:२९
Weather Update