सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितबाट पाँच सदस्यीय समिति गठन

काठमाडौं— मिटरब्याज पीडितले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति बनाएको छ ।
मनोज पासवान संयोजक रहेको समितिमा संघर्ष दाहाल, छेदीलाल पासवान, श्यामकुमारी चौधरी र राम रिझान यादव रहेका छन् ।
गृह मन्त्रालयको सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा रहेको चार सदस्यीय टोली र पीडितबीच बिहीबार वार्ता हुने बताइएको छ ।
तराई–मधेसबाट हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितले काठमाडौंमा धर्ना दिएका छन् ।
सडक, सदन र सञ्चार माध्यमलगायतबाट चौतर्फी दबावपछि सरकारले पीडितका मागप्रति चासो देखाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ २१:०१













