News Griha :: न्यूजगृह
सिंहदरबार दुई संसदीय समितिको बैठक बस्दै 

काठमाडौं— आइतबार राष्ट्रिय सभा अन्तर्गतको दुई समितिको बैठक बस्दै छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आइतबार बिहान ११:३० बजेपछि बस्ने भएको छ ।

समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अनुगमन निरीक्षणबाट देखिएका विषयहरुको सम्बन्धमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गर्न विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दै छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०९:०७
Weather Update