News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले बोलायो सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक 

काठमाडौं— माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाएको छ ।

पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले साउन १५ गते सचिवालय बैठक बस्ने जानकारी दिए । उनकाे भनाइमा सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्नेछ ।

पाण्डेका अनुसार साउन १६ र १७ गते स्थायी कमिटीको बैठक बोलाइएको छ । त्यस्तै साउन १८ र १९ गते पोलिट्ब्युरो बैठक आह्वान भएको छ । यसैगरी साउन २० र २१ गते केन्द्रीय कमिटीको बैठक तय भएको छ ।

बैठकमा समसामयिक राजनीति,पार्टीको आगामी कार्यदिशा, महाधिवेशन, संगठन विस्तारलगायत विभिन्न एजेण्डामा छलफल हुने उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:५९
Weather Update