News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौ— गत मंगलबारदेखि सुरु नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।  

आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।

अधिकांश केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् भने अन्यले विरोध ।

बैठकमा महामन्त्री गगन थापाले पेस गरेको प्रतिवेदनमाथि पनि छलफल भएको छ ।  

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०६:४९
Weather Update