खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं— उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उपस्थितिमा हुने दैनिक प्रशासनिक काम खड्काले सम्हाल्ने जनाएको छ ।
विज्ञप्ति

प्रकाशित मिति: शनिबार, साउन ६, २०८० १८:४५













