बीपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : विश्वप्रकाश शर्मा
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताएका छन् ।
बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज आयोजना गरेको ‘आजका सन्दर्भमा बीपीका विचार’ विषयक विचार गोष्ठीमा उनले बीपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताएका छन् ।
‘लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बीपीलाई चिन्नुपर्छ, बीपी दूरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, बीपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन’, उनले भने ।
महामन्त्री शर्माले नेपालको कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसकेको गुनासो गरे ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० १७:४२