News Griha :: न्यूजगृह
देउवाले गरे बीपीको सालिक अनावरण

इनरुवा— बीपी कोइरालाको ४१औं स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् । 

इनरुवा नगरपालिकाको १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:२९
Weather Update