प्रधानमन्त्री दाहाल किन जाँदैछन् इटाली ?

काठमाडौं— संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली जाँदैछन् ।
नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नेछन् ।
सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १९:२०