News Griha :: न्यूजगृह
केन्द्रले स्थानीय तहलाई पठायो ईसीडीसँग सम्बन्धित पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले अभिभावक शिक्षा प्याकेज कार्यान्वयनबारे सबै स्थानीय तहलाई गत असार २७ गते पत्र पठाएको छ ।

शाखा अधिकृत धनसूधन चौलागाँईले बालविकाससम्बन्धी हकको कार्यान्वयन गर्न अभिभावक सचेतना व्यापक रूपमा गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

त्यसका लागि केन्द्रले ‘अभिभावक शिक्षासम्बन्धी सहजकर्ताका लागि सन्दर्भ सामग्री’ (प्याकेज) र सोसम्बन्धी ‘चित्रात्मक पुस्तिका’ तयार गरी शिक्षा तालिक केन्द्र र केही स्थानीय तहबाट शिक्षा अधिकृतहरूको सहभागितामा केन्द्रीयस्तरको प्रशिक्षणसमेत सञ्चालन भई प्रदेशगतस्तरमा प्रशिक्षक तयार गरिएको पत्रमा उल्लेख छ ।

शाखा अधिकृत चौलागाँईले स्थानीय तहबाट उक्त प्याकेजका आधारमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन् । त्यसका लागि केन्द्रबाट सहजीकरण गरिने बताइएको छ । 

पत्र यस्तो छ 

manabsrot1689945519.JPG

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १९:०२
Weather Update