एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नै एमालेमा प्रवेश

तनहुँ— माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रम गरी जिल्ला अध्यक्ष कार्कीसहित चार जना एमालेमा प्रवेश गरेका हुन् ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवम् गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
समाजवादी मोर्चाको सिद्धान्त स्पष्ट नभएको र जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारबिना अगाडि बढ्न नसक्ने एमालेमा प्रवेश गर्नेहरूले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १८:२८