News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन ७ गते बस्ने

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अब साउन ७ गते बस्ने भएको छ ।

साउन २ गतेदेखि दिनहुँ चलिरहेको बैठक शनिबार भने नबस्ने भएको हो ।

सभापति शेरबहादुर देउवाले शुक्रबारको बैठक सक्नुअघि अब साउन ७ गते बिहान ११ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक सुरु हुने बताएका हुन् ।

केन्द्रीय सदस्यहरूले बैठकमा विभिन्न धारणा राखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १७:३६
Weather Update