पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्छ नत्र गुनासो बाँकी रहन्छ : प्रकाशमान सिंह
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले विधि, विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्ने बताएका छन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै सिंहले पार्टीका निर्णय प्रक्रिया विधिसम्मत हुनुपर्ने नत्र गुनासो मात्र आउने बताए ।
सिंहले सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै भने,‘पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्छ नत्र गुनासो बाँकी रहन्छ । पार्टी विधानअनुसार चल्नुपर्छ । यो कुरा मैले १० औं महाधिवेशनदेखि भन्दै आएको छु ।’
विधानले निर्देशित गरेका काम गर्न पनि उनले सभापति देउवालाई आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १७:३०