News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाड्न मानेन सर्वोच्चले [फैसला]

काठमाडौं— सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीनलाई छाड्न अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । यससँगै १७ जनाको हकमा सर्वोच्च अदालतले २०७९ साउन ४ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज भएको छ ।

हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरूलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै शाह, गौतम र गुरुङ सर्वोच्च अदालत गएका थिए । 

हेर्नुहोस् सर्वोच्चको फैसला  

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:५१
Weather Update