ललिता निवास प्रकरण
सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, नेपाल बाहिर जान रोक [फैसला]
![सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, नेपाल बाहिर जान रोक [फैसला]](https://newsgriha.com/uploads/posts/krishna raut1688902712.jpg)
काठमाडौं— सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश दिएको छ ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुना बाहिर रहेर मुद्दा लड्न आदेश दिएको हो ।
‘...निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन’, आदेशमा भनिएको छ ।
अदालतले राउतलाई मुद्दा हेर्ने अदालतको आदेश बिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान रोक लगाएको छ ।
फैसला
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १६:४६