ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं— ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार बहालवाला सचिव कृष्णबहादुर राउत, व्यापारी मीनबहादुर गुरुङसहितका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यो प्रकरणमा १८ जना पक्राउ परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १६:४१