
काठमाडौं— स्वतन्त्र कानुन व्यवसायीहरूले एक सय केजी सुन काण्डका मुख्य अपराधी बचाउने कार्य भएको भन्दै आक्रोशित बनेका छन् ।
शुक्रबार उक्त विषयलाई लिएर स्वतन्त्र कानुन व्यवसायीहरूले महान्यायाधिवक्ताको कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् ।
कानुन व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार एक सय केजी सुन काण्डका मुख्य अपराधी बचाउन र सोझा सीधा गरिबलाई थुनामा लिई प्रहरीले यातना दिएर बयान लिने गरेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

उनले भने, 'अनुसन्धान गर्दा प्रहरीले जथाभावी गर्ने र प्रतिवादीका वकिललाई नराख्ने जो दोषी छ, उस्लाई उन्मुक्ति दिने, जो निर्दोष छ उसलाई सताउने काम गरेको छ । यसले गर्दा न्याय सम्पादन कार्यमा असहजता भयो । सुन १०० केजी, १५० केजी आउन थाले भरिया पक्राउ पर्न थाले । ’
त्यसै गरि कानुन व्यवसायी कमलमणि पोखरेलले अनुसन्धान अधिकारी प्रहरी कार्यालय भित्र हुँदा निर्दोष व्यक्तिले पनि सजाय भोग्न पर्ने अवस्था आएको दाबी गरे ।