News Griha :: न्यूजगृह
टीआरसीबारे सहमति जुटाउन गठित संसदीय उपसमितिको म्याद १५ दिन थप

काठमाडौं—  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप विधेयकमाथि छलफल गर्न बनाइएको उपसमितिको समय थप भएको छ । 

शुक्रबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको आज बिहान बसेको जेठ ५ गते २१ दिनको लागि बनेको उपसमितिको समय फेरी १५ दिन थपेको हो । 

उपसमितिलाई द्वन्द्वका पीडित पक्ष, आयोगका पूर्व पदाधिकारी, मानव अधिकार आयोग लगायतसँग छलफल गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । 

उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जु झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर सदस्य छन् ।  

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:५९
Weather Update