सरकारको साझा न्यूनतम कार्यक्रमले भोलि अन्तिम रूप पाउँछ : रमेश लेखक
काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रूप पाउने बताएका छन् ।
बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबार अन्तिम रुप प्राप्त गर्ने बताए ।
उनले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरूसमक्ष पुगेको बताए ।
उनले भने,‘न्यूनतम कार्यक्रम बनिराखेको छ । हामीले ड्राफ्ट गरिसकेका छौँ । त्यो ड्राफ्ट प्रस्तुत भएको छ ।’
उनले मन्त्रीहरूको शपथ पनि चाँडै हुने जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १८:१५













