News Griha :: न्यूजगृह
आज राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भ्रष्टाचारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

राप्रपा नेपालका भ्रातृ संगठनहरूको आयोजनामा शुक्रबार दिउँसो २ बजे विरोध प्रदर्शन गर्न लागिएको हो ।

भद्रकालीबाट सुरु हुने विरोध प्रदर्शन न्युरोड, असन, ईन्द्रचोक हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत हुने पार्टी प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

उक्त कोणसभालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्बोधन गर्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:५९
Weather Update