News Griha :: न्यूजगृह
एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन,कहाँबाट दिन सकिन्छ निवेदन ?

काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन रहेको छ । परीक्षामा प्राप्त नम्बरमा चित्त नबुझेकाहरूले पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

बोर्डले पुनर्योग गर्न चाहनेका लागि आज साउन ५ गतेसम्म निवेदन दिन आग्रह गरेको थियो ।

सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा वा सिधै भक्तपुरको सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर पुनर्योगका लागि निवेदन दिन सकिने छ ।

गत चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षाको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०७:२९
Weather Update