जसपाले परिवर्तन गर्यो झन्डा र लोगो

काठमाडौं— जनता समाजवादी पार्टी,नेपाल (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो परिवर्तन गरेकाे छ ।
विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो परिवर्तन गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ ।
यसैगरी यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । लोगोमा मुठ्ठीसहितको हात राखिएको केन्द्रीय विभाग प्रमुख बस्नेतले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० ०७:१४