एकीकृत समाजवादीको महाधिवेशन माघमा गर्न प्रस्ताव

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन् ।
कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशनको प्रस्ताव गरेका हुन् ।
कसैले फागुन २१ गते र कसैले मंसिरमै गर्नुपर्ने प्रस्ताव ल्याएपछि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
बैठक आज पनि बस्दैछ । बैठकले सम्भवतः महाधिवेशनको मिति टुंग्याउने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० ०७:०७