News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं— मंगलबारदेखि सुरु नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी मुख्यालय सानेपामा बिहान ११ बजेबाट सुरु हुनेछ ।

मंगलबार, बुधबार र बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले बोलेका थिए । उनीहरूको बोल्ने क्रम जारी नै छ । बिहीबारको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।

बैठकमा संस्थापन इतर पक्षले मात्र सुशासन र भ्रष्टाचारको विषय उठान गरेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरू चैं नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाण र पार्टी सभापति शेरबहादुर देउवाको बचाउमा उत्रेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीमा कार्यकर्ता र जनताको असन्तुष्टि बढेको, गठबन्धनले निर्वाचनमा पहिलो दल बने पनि कांग्रेसले राजनीति हारेको, सरकार जनतासँग नजोडिएको, क्रियाशील सदस्यतालगायत विषयमा आफ्नो धारणा रोखका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:१४
Weather Update