यी स्थानमा भारी वर्षा

काठमाडौं— बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा भारी वर्षा भएको छ ।
वर्षाका कारण बबई नदीको सतह बढेको छ । सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आसपासको स–साना खोलामा एक्कासी बाढी आउनुका साथै चेपाङ बस्ती आसपासको राजमार्गमा पहिरोको जोखिमरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
साउन ५ बिहान ३:३०
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 20, 2023
पछिल्लो २ घण्टा बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपास केही स्थानमा #अति भारी बर्षा भई बबई नदीको सतह एक्कासी बढेको तर सतर्कता तलै रहेको,आसपासको साना खोलामा #एक्कासी बाढी र आसपासको राजमार्गमा पहिरोको जोखिम,बिहान सम्म सतर्कता अपनाऔ @NDRRMA_Nepal@d_bardiyapic.twitter.com/0LXrvSULii
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० ०६:१०