सांसदको माग शून्य समयलाई २ मिनेट पुर्याउ

काठमाडौं— प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले व्यापार घाटा भइरहेको बेलामा बैंकहरुले भने मुनाफा कमाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । यस्तै, प्रतिनिधि सभा सदस्य असिम साहले एक महिनादेखि मन्त्रालयहरु मन्त्रि विहीन भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले नेताहरुले गरिरहेको भागबन्डालाई जनताले नियालिरहेको उल्लेख गरे । १ मिनेट शून्य समय अपुग भएको भन्दै शून्य समयलाई २ मिनेट पुर्याउन माग गरे ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १६:१४













