News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा थप एक पक्राउ

काठमाडौं— १०० किलो सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई बिहीबार पक्राउ गरेको छ । नयाँ बानेश्वरबाट पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन् ।

यससँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट १०० किलो सुन बरामद भएको थियो ।

सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ । प्याकिङकै अवस्थामा जोख्दा सुन १५५ किलो भएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २०:२७
Weather Update