देशभर ५३ हजार एक सय ५८ शिक्षक अपुग : शिक्षा सचिव सुवेदी

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले देशभर हाल ५३ हजार एक सय ५८ शिक्षक अपुग रहेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बुधबारको बैठकमा उनले सो कुरा बताएका हुन् ।
हाल ५३ हजार एक सय ५८ शिक्षक अपुग र २८ हजार विद्यालय भवन निर्माण गर्न आवश्यक रहेको बताउँदै उनले ७२ स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउन नसकिएको बताए ।
उनले शिक्षासँग सम्बन्धित कानुन आउन नसकेकाले शिक्षामा संघीयता आएको आभाव हुन नसकेको पनि बताए ।
हाल स्वदेशभित्र उच्चशिक्षामा १७ प्रतिशत विद्यार्थीको पहुँच रहेको र उच्चशिक्षाका लागि विदेश जाने विद्यार्थी वृद्धि भएकाले उच्चशिक्षाको राष्ट्रिय क्यालेण्डर ल्याएर विद्यार्थीलाई आकर्षण दिन खोजिएको सचिव सुवेदीले बताए ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १९:४६