News Griha :: न्यूजगृह
शेखर कोइराला भन्छन्— नेताहरूमा लोकरिझ्याइँ प्रवृत्ति बढ्यो

काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालको राजनीतिक अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिएको बताएका छन् ।

‘सायरेम्मा राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले नेपालको राजनीतिमा लोकरिझ्याइँ प्रवृत्ति बढ्दै गएको हुनाले नेपालको राजनीतिक परिस्थिति अत्यन्तै नाजुक भएको बताए ।

‘अहिले नेपालमा पनि लोकरिझ्याइँ प्रवृत्ति बढ्दै गएको छ । त्यसमा हाम्रो पार्टीका नेताहरु पनि छन् । यसले गर्दा हामीजस्तो मानिसहरु अलमलमा परिरहेको देख्छु,’ उनले भने,‘उनीहरुले बोलेको कुरा सत्य हो भन्ने जनतालाई लाग्न थाल्छ । त्यसले भोलिका दिन देशको निम्ति घातक हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । नेपालको राजनीतिक परिस्थिति अत्यन्तै नाजुक भएको छ ।’

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:४०
Weather Update