सुन तस्करी प्रकरण : प्याकिङकै अवस्थामा जोख्दा सुन १५५ किलाे

काठमाडौं— नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको सुन जोख्दा १५५ किलो पाइएको छ ।
बिहीबार राजस्व अनुसन्धान विभागले लगेको सुनका पोकासहित जोख्दा १५५ किलो निस्किएको टक्सार महाशाखाले जनाएको छ । त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने महाशाखाले जनाएको छ ।
अहिले केन्द्रीय बैंकले सुनको पोका जोखेर राखिसकेको छ । पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व अनुसन्धान विभागले केन्द्रीय बैंकलाई लेखी पठाउनुपर्नेछ । जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको सुन ढुकुटीमा राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १८:१०













