News Griha :: न्यूजगृह
एमालेले भन्यो— पार्टीको सदस्य सङ्ख्या घटेको छैन  

काठमाडौं— नेकपा एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ ।

एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बिहीबार विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् ।

‘नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।’ 

उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्म १० लाख गुणस्तरीय सदस्य पुर्‍याउने लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

    

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:५१
Weather Update