News Griha :: न्यूजगृह
जनमत पार्टीका ५ नेता निलम्बित 

काठमाडौं—  जनमत पार्टीले सांसदमा उम्मेदवार शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बन गरेको छ।

कुशवाहा गत उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका हुन् । बुधबार बसेको पार्टी अनुशासन समितिले शिव चन्द्र कुशवाहा (बारा), गुलाब मण्डल (सप्तरी), शंकर खड्का (सप्तरी), भोपेन्द्र यादव (रूपन्देही), भगवान दास यादव (कपिलवस्तु)लाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो । 

पार्टी उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहका अनुसार केन्द्रीय सचिव रहेका भोपेन्द्रलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। गुलाब मण्डल, शंकर खड्का र भगवान दास यादवलाई एक वर्षका लागि निलम्बन गरिएको जनमत पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १०:१४
Weather Update