News Griha :: न्यूजगृह
कक्षा १२ को परीक्षाको नतिजा साउनमै आउने 

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउन महिनामै सार्वजनिक गर्ने भएको छ । 

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले साउनभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए ।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०७:११
Weather Update