News Griha :: न्यूजगृह
दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ: सञ्चार मन्त्री शर्मा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं  नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन् । 

सत्तारुढ दलहरूबिच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चार मन्त्री शर्माले सो दाबी गरेकी हुन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिन भित्रै यसले पूर्णता पाउने बताए । 

मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठुलो उपलब्धि भएको जिकिर समेत गरिन् । उनले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनु भएको छ । र, सरकार विस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृह कार्य करिब करिब अन्तिम अवस्थामा आएको छ । अब मलाई लाग्छ–आजभोलि १/२ दिनमै सरकार बिस्तारले पूर्णता पाउनेछ । यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले कहीँ गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो न सबै भन्दा ठुलो कुरा हो । त्यो नै महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।'

मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरूको चाहना अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सङ्क्रमणकालीन न्याय निरूपणका लागि सरकारले सोसम्बन्धी विधेयक संसद्मा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन् । 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १४:४५
Weather Update