News Griha :: न्यूजगृह
१०० किलो सुन तस्करीको वास्तविक मालिकको खोजी जारी 

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ सो परिमाणमा सुन बरामद गरेको हो ।

विभागका अनुसार विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरिएको हो ।  विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको उक्त सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।

सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरी स्रोतले बताएको छ । भन्सार एजेन्ट र ट्याक्सी चालकलाई पक्राउ गरिएको प्रहरी स्रोत बताउँछ ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २२:१०
Weather Update