त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० केजी सुन बरामद

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० केजी सुन बरामद भएको छ ।
राजश्व अनुसन्धान विभागका अधिकारीहरूले बुधबार उक्त परिणाममा सुन बरामद भएको बताए । विभागका अधिकारीहरूको भनाइमा ५० किलोभन्दा बढी सुन रहेको पनि हुनसक्छ ।
राजश्व अनुसन्धानका एक अधिकारीले स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा छापा हानिएको बताए । उक्त कार्यमा संलग्न केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बरामद सुन र ती व्यक्तिमाथि अनुसन्धान भइरहेको विभागको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० २१:४०