News Griha :: न्यूजगृह
‘कांग्रेस त ओलीको लहैलहैमा पछिपछि लाग्यो’

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले कोशी प्रदेश नामकरणबारे प्रश्न उठाएका छन् ।

पार्टी मुख्यालय सानेपामा जारी बैठकमा नेताहरूले पार्टीले प्रस्ट धारणा नबनाउँदा सो प्रदेशमा पार्टीको राजनीति जोखिममा परेको बताए ।

बैठकमा बोल्ने नेताहरूले प्रदेशको नामकरणका विषयमा पार्टीले प्रस्ट धारणा बनाएर समस्याको समाधान दिनुपर्ने माग गरे ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कोशीको नामकरणमा कांग्रेस एमाले अध्यक्ष केपी ओलीको पछिपछि लागेको आरोप लगाए ।

उनी भन्छन्,‘छ प्रदेशले नाम राखे, त्यहाँ समस्या छैन । तर प्रदेश १ को नामको विषय अहिलेसम्म एउटा समस्याकै रुपमा छ । प्रदेश १ को नामकरणको विषयमा कांग्रेस बोलेन, किनकि त्यहाँ कांग्रेस छैन,नभए किन बोलेन ? कांग्रेस त ओलीको लहैलहैमा पछिपछि लाग्यो र प्रदेशको नाम कोशी राखियो ।’

उनले प्रदेशको नामकरणको विषयलाई लिएर अहिले कोही पनि नेताहरू गाउँ जान सक्ने अवस्था नरहेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १७:३१
Weather Update