News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय सदस्य देवकोटाको प्रश्न : सरकार परिवर्तन हुने चर्चा हल्ला हो या यथार्थ ? 

काठमाडौं—  नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार फेरिने हल्ला आफूले सुनेको भन्दै कौतुहलता व्यक्त गरेकी छन् । 

बुधबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उनले वर्तमान सरकार परिवर्तन हुने भएको भन्दै चिन्ता व्यक्त गरिन । 

उनले भनिन, ‘लाइभमा भन्न हुन्थ्यो/हुन्थेन, थाहा छैन । तर व्यापक रुपमा सरकार फेरिने हल्ला पनि बजारमा छ । खेल सामान्य छैन । कि नेपाली कांग्रेस सकाउने कि माओवादी सकाउने खेल छ । भ्रष्टाचारीलाई कारबाही गरेको कारणले माओवादीले कांग्रेसलाई छाड्नसक्ने चर्चा बजारमा छ । सभापति व्यक्ति होइन, संस्था हो । सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ । ’ 

सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने र यसलाई कमजोर बनाउने छुट कसैलाई पनि नभएको उनको तर्क छ । केन्द्रीय सदस्य देवकोटाले पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति भएकाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउँन माग समेत समेत गरिन् ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १७:०८
Weather Update