कांग्रेस केन्द्रीय समिति बैठक
‘अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्था भए मधेसमा कांग्रेस सकिन्छ’

काठमाडौं— नेपाली कांग्रेसका मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्था भए मधेसका कांग्रेस सकिने धारणा राखेका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै यादवले मधेसमा संगठन जिरो भएको र मधेसमा नेविसंघ र युवाहरूको पकड नभएको बताए ।
‘नेविसंघ र युवाहरूको हाम्रोमा पकड छैन् । युवाहरू हाम्रो हातबाट निस्क्यो भने बुढापाकाले मात्र सम्हालेर नेपाली कांग्रेस चल्दैन । अनलाइन सिस्टम एकदम सराहनीय र राम्रो छ । डिजिटल कांग्रेस हुनुपर्छ तर मलाई अलिकति डर लागेको छ । अनलाइन सिस्टमबाट गयो भने कांग्रेसलाई सिध्याउने खेल हुन्छ।’
सभापति यादवले प्रदेशलाई बाइपास गरेर सबै जिम्मेवारी जिल्लालाई मात्रै दिने भए प्रदेशको संरचना खारेज गर्न आग्रह समेत गरे ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १४:३१