News Griha :: न्यूजगृह
माओवादी परित्याग गर्दै शिवचन्द्र कुशवाहा जनमत पार्टीमा 

काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरेका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । साथै उनी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर नै समाप्त पार्ने षड्यन्त्र भएकाले जनमत पार्टी प्रवेश गरेको कुशवाहाको भनाई छ । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मत अन्तरले कुशवाहा पराजित भएका थिए ।  

यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा  आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा कुशवाहाले उम्मेदवारी दिने तयारी गरेका छन् ।

सोही क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवलेसमेत उम्मेदवारी दिने चर्चा छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:००
Weather Update