News Griha :: न्यूजगृह
कांग्रेस पारदर्शी बन्न जरुरी छ : नारायण खड्का

काठमाडौं— नेपाली कांग्रेसका नेता नारायण खड्काले कांग्रेस थप लोकतान्त्रिक र पारदर्शी बन्न जरुरी रहेको बताएका छन् ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले पार्टीका मूल्यमान्यतालाई आत्मसाथ गर्दै थप लोकतान्त्रिक र पारदर्शी बन्नु आजको आवश्यकता भएको बताए ।

उनले भने,‘परिवर्तन र निरन्तरता पार्टीका जीवन हुन्,त्यसकारणले परिवर्तनलाई निरन्तरता दिनुपर्छ । पार्टीको मूल्यमान्यतालाई निरन्तरता दिने र समयसाथ आएको परिर्वतनलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढी लोकतान्त्रिक, पारदर्शी र जवाफदेही बनाएर जानुपर्छ ।’

केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेस थप परिष्कृत हुने उनको विश्वास छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १९:४०
Weather Update