News Griha :: न्यूजगृह
बिहीबार बोलाइएको विद्यालय कर्मचारीको बैठक स्थगित

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले बिहीबार (साउन ४ गते) बोलाइएको बैठक विविध कारणले स्थगित भएको जनाएको छ ।

परिषद्का महासचिव शान्तिनाथ योगीले एक पत्र जारी गर्दै राष्ट्रिय समिति पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षहरूलाई बैठक स्थगन भएको जानकारी गराएका हुन् ।

बैठकमा संयुक्त विद्यालय कर्मचारी आन्दोलन—२०८० द्वारा घोषित आन्दोलनका कार्यक्रमहरु र तत्कालीन सरकारी वार्ता टोलीसँग भएका सहमति तथा सम्झौताको गहिरो समीक्षा गर्ने एजेण्डा थियो ।

भोलि बुधबार जिल्ला अध्यक्षहरुसहितको राष्ट्रिय समितिको जुम बैठक ५ बजे बस्ने जनाइएको छ । 

karmachari1689682001.jpg

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:५१
Weather Update