गठबन्धन बैठक: जुटेन मन्त्रिपरिषद् बिस्तारमा सहमति

काठमाडौं— मन्त्री भागबन्डा गर्न बुधबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
मन्त्रिपरिषद् बिस्तारका लागि पछिल्ला केही दिन निरन्तर छलफल गर्दै आएको सत्ता गठबन्धन दलबिच सहमति जुटाउन सकेको छैन ।
मंगलबार बसेको बैठकमा पनि जुट्न सकेको थिएन । मंगलबारको बैठकमा सहमति जुट्न नसकेपछि बुधबार बिहानका लागि बैठक राखिएको थियो । बुधबार पनि सत्ता गठबन्धनमा सहमति जुट्न सकेको छैन ।
बिहान बसेको बैठकमा सहमति नभएपछि अपरान्ह ३ बजे पुनः बैठक बस्ने भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ ११:५७













