News Griha :: न्यूजगृह
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

काठमाडौं— उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आजका लागि बोलाइएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको छैठौं बैठक सिंहदरबारमा मंगलबार बिहान ११ बजेको लागि बोलाइएको हो ।

बैठकमा समितिले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पठाएको निवेदनको सम्बन्धमा  सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची तय भएको छ ।

सो विषय बाहेक पनि अन्य विविध विषयमा छलफल गरिने संसद सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०८:३६
Weather Update