थाहा पाउनुहोस् मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको बैंकले जनाएको छ ।
त्यसैगरी यूरो एकको खरिद दर १४७ रुपैयाँ १३ पैसा र बिक्री दर १४७ रुपैयाँ ८० पैसा रहेको बैंकको भनाइ छ ।
राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २१ पैसा रहेको जनाएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० ०६:२६