News Griha :: न्यूजगृह
मंगलबार बिहान वर्षा, दिउँसो कस्तो रहला मौसम ?

काठमाडौं— देशका केही भू–भागमा आज मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ ।

दिउँसो पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहान बाग्मती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, बाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाे भनाइमा राति देशभर आंशिकदेखि सामान्य रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०६:२०
Weather Update