News Griha :: न्यूजगृह
सेनाको संख्याकाे बहसबारे पूर्वरक्षामन्त्री पोखरेल भन्छन्–  राष्ट्रलाई कमजोर बनाउने रणनीति र आपराधिक खेल

काठमाडौं— नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वरक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना र राष्ट्रिय सुरक्षाका सम्बन्धमा उठेका सवालप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले हाल सार्वजनिक रूपमा राज्यका अंगहरूलाई कमजोर बनाउने हिसावले कुराहरू उठाउनुलाई अनुचित र हानीकारक भएको बताएका हुन् ।

‘अहिले मुलुकमा देखापरिरहेको सामाजिक अराजकता, सांस्कृतिक तथा अर्थतन्त्रभित्र  देखापर्दै गएको विश्रृंखलतालाई बढावा दिँदै राज्यलाई नै कमजोर बनाउने हिसावले अनेक खेलहरू चलिरहेको सन्दर्भमा सेना र  राष्ट्रिय सुरक्षाका सम्बन्धमा जे जस्तो तरिकाले कुराहरू उठाइँदै छ त्यो  उचित देखिँदैनन् !,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘नेपाल राष्ट्रलाई नै क्रमशः कमजोर बनाउने रणनीतिक र आपराधिक  खेल चलिरहेको अहिलेको अवस्थामा दह्रो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता टड्कारो बनिरहेको बेला राज्यका अंगहरूलाई कमजोर बनाउने हिसावले कुराहरू उठाउनुलाई अनुचित र हानीकारक सिवाय अरू मान्न सकिदैन ।’

जिम्मेवार तहमा रहेका केही व्यक्तिहरूले नेपालको रक्षा स्थिति र नेपाली सेनाका सम्बन्धमा व्यक्त गरेका विचार तथा अभिव्यक्तिहरूलाई केवल सामान्य समाचारका रूपमा मात्र बुझन नहुने उनको तर्क छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २०:१४
Weather Update